Lidi gaun palika rahat bitaran

तामाङ सोसाईटि अफ UK को नगद रु ७ लाख सहयोग लिदि पहिरो पिडितलाई

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँ पालिका वडा नम्बर २ लिदि पहिरो पीडितहरुका लागि नेपाल तामाङ कलाकार संघको संयोजनमा १४ लाख ९४ हजार र नेपाल शेर्पा संघ को २ लाख ९० हजार गरि जम्मा १७ लाख ८४ हजार नगद सहयोग पीडितहरुको हात हातमा वितरण भएको छ।

सहयोगी संस्था व्यक्तिहरुमा तामाङ सोसाइटी अफ युके बाट रु ७ लाख गायिका तथा जुगल गाउँ पालिका वडा ५ वाङ्कुचे स्थाई घर भइ हाल युकेमा बस्नु हुने सानू वाइबाको सक्रियतामा संकलन भएको ४ लाख ६५ हजार नेपाल शेर्पा संघ को २ लाख ९० हजार सगरमाथा आरोही कान्छी माया तामाङ(स्याङ्बो) को सकृयतामा संकलन भएको १ लाख ६० हजार गायक वैरागी मोक्तान को सक्रियतामा संकलन भएको १ लाख ७ हजार गायक योगेश लामा को सकृयता मा संकलन भएको ६२ हजार गरि जम्मा १७ लाख ८४ हजार सहयोग वितरण गरिएको थियो।

सहयोग रकम मृतक १२ घर परिवार लाई ४० हजारका दरले ४ लाख ८० हजार , घर पुर्ण क्षति भएको १७ घर परिवार लाई २० हजारको दरले ३ लाख ४० हजार , विस्थापित १४३ घर परिवार लाई ६ हजार ५ सयका दरले ९ लाख २९ हजार ५ सय,  १३ जना गर्भवती महिला हरु लाई २ हजार का दरले २६ हजार , २ जना अपांग लाई २ हजारका दरले ४ हजार गरि रकम बाँडिएको थियो ।

Read More…

Donors’ name list…