प्रेस विज्ञप्ति: सिन्धुपाल्चोकमा शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण कार्यक्रम !
Tamang Society of UK (तामाङ सोसाइटी अफ युके) का अध्यक्ष श्री प्रताप लामा र मेरो धर्मपत्नी श्रीमती चित्र कुमारी लामा आगामी मार्च २४ तारिखका दिन लण्डनबाट नेपाल प्रस्थान गर्दै छु । यो भ्रमणको मुख्य उद्देश्य सिन्धुपाल्चोक जिल्लाका जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति र आवश्यक शैक्षिक सामग्रीहरू (Educational Aids) प्रत्यक्ष रूपमा वितरण गर्नु रहेको छ।
कार्यक्रमको विवरण:
- काठमाडौंबाट प्रस्थान: मार्च २७ (चैत १४ गते)
- गन्तव्य: सिन्धुपाल्चोक
- टोली: अध्यक्ष प्रताप लामाको नेतृत्वमा करिब ९ जनाको प्रतिनिधि टोली सहभागी हुनेछ।
- यातायात:
सामग्री ओसारपसारका लागि छुट्टै मालबाहक गाडी र टोलीका सदस्यहरूका लागि छुट्टै सवारी साधन गरी दुईवटा गाडी प्रयोग गरिनेछ।
कार्यक्रमको रूपरेखा: विद्यालय पुगेर विद्यार्थीहरूलाई शैक्षिक सामग्री र एड (Aid) वितरण। बालबालिकाहरूसँग अन्तर्क्रिया तथा उनीहरूलाई प्रेरणादायी कथाहरू सुनाउने र सिकाउने । विद्यार्थीहरूको नाचगान प्रोग्राम पनि हुने छ । वितरण कार्य सकिएपछि एक संक्षिप्त औपचारिक कार्यक्रमको आयोजना हुने । खाजा पानी को कार्यक्रम हुनेछ ।
शिक्षाको क्षेत्रमा टेवा पुऱ्याउने यस महान कार्यमा संलग्न सबैप्रति Tamang Society of UK हार्दिक आभार प्रकट गर्दछ।
प्रताप लामा
अदक्ष
तामांग शोसाईटी अफ युके ॥
धन्यवाद।


